skip this yams_Max_Hospital.jpeg

मधेस प्रदेशको चौँथो वार्षिकोत्सव समारोह हावाहुरीका कारण स्थगित

579 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम । हावाहुरी र वर्षाका कारण मधेस प्रदेशको प्रदेशसभाको चौँथो वार्षिकोत्सव समारोह स्थगित भएको छ ।
शुक्रबार बिहानदेखि नै हावाहुरीका साथै वर्षा भएपछि कार्यक्रमका लागि बनाइएको मञ्च नै पटक–पटक बिग्रिएपछि कार्यक्रम नै स्थगित गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि प्रदेशसभाको वार्षिकोत्सवमा प्रदेशसभा सदस्यहरूलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम राखिएको थियो ।
वार्षिकोत्सवको अवसरमा केही दिनअघि गरिएका विभिन्न खेलहरूमा विजेता सांसद तथा कर्मचारीहरूलाई पुरस्कृत तथा सम्मान कार्यक्रम रहेको थियो । त्यसैगरी, सभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने सांसद र कर्मचारीलाई ५० हजारको दरले पुरस्कृत गर्ने कार्यक्रम रहेको थियो ।
मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सांसद् तथा मन्त्रीहरू आए पनि हावाहुरी र वर्षाका कारण कार्यक्रम स्थगित भएपछि उनी पनि फर्किएका थिए ।

nijgadh-supermart-adz1200-630