वडा अध्यक्षको मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु
वि.सं.२०७८ माघ २१ शुक्रवार २२:५३
1.5K
shares

कञ्चनपुर । कञ्चनपुरमा मिलको पट्टामा बेरिएर एक बालिकाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो कृष्णपुर नगरपालिका–१ पहरियास्थित बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टामा बेरिएर कुमगाडाकी ११ वर्षीया ललिता खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
खेल्ने क्रममा बालिका मिलको पट्टामा बेरिएर घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर साहले बताए।
मिल कृष्णपुर नगरपालिका–१ का वडा अध्यक्ष मोहन बहादुर बस्नेतको हो । मृतक बालिकाको शव जाँचका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको छ।
वि.सं.२०७८ माघ २१ शुक्रवार २२:५३

















