आफुले मन पराएको मान्छेलाई कसरि आफूप्रति पागल बनाउने ?
वि.सं.२०७८ माघ २७ बिहीवार ०९:१४

यदि तपाई बास्तवमै कसैलाई आफु प्रति आकर्षित बनाउन चाहनुहुन्छ भने, हामी तपाइलाई सुझाब दिन सक्दछौ, सबै भन्दा राम्रो कुरा तपाई तपाईजस्तो नै रहनुहोस । हो, तपाइले सहि पढ्नु भयो, उसलाई तपाईप्रति नजिक बनाउन तपाई जस्तो हुनुहुन्छ त्यस्तै हुनुभयो भने धेरै सजिलो हुनेछ । आफ्नो नेचर जस्तो छ तेसरी नि उ प्रति व्यवहार गर्नुहोस।
यदि तपाई आफु जस्तो हुनुहुन्छ त्यसरी नै प्रस्तुत हुनु भयो भने उसलाई त्यो भन्दा बढी अरु कुनै पनि कुरा राम्रो लाग्दैन । जब केटि मानिसले आफु जस्तो छन्, त्यसरी नै आफुलाई प्रस्तुत गर्दा केटा मानिसलाई त्यो कुरा एकदमै धेरै मन पर्दछ । केटा मानिसलाई कह्ल्यै बनावटी केटि मन पर्दैन । जसको कुनै कुरा पनि कुरा बिस्वाश गर्न नसकियोस । उसलाई तपाईप्रति आकर्षित पर्ने फर्मुला भनेको नै तपाई जस्तो हुनु हुन्छ त्यसरी नै प्रस्तुत हुनुहोस ।
कतिपयलाई लग्न सक्छ कि यो कुरा हरेक पटक काम नगर्न सक्छ तर यो कदापी सत्य हैन । तर यो कुरा सत्य हैन, तपाई जस्तो नेचरको मानिस हुनुहुन्छ तपाई उप्रति पनि त्यस्तै किसिमको व्यवहार देखाउनु हुन्छ भने त्यो भन्दा रामो कुरा अरु केहि पनि हुन सक्दैन र यो कुरा सदाबहार पनि हुनेछ किनकि हरेक पटक तपाइले बनावटीको खोल ओड्नु पर्दैन । जसलाई आफु प्रति आकर्षित बनाउन खोज्दै हुनुहुन्छ उसलाई पनि दिल दिमागमा यो छाप पर्दछ कि तपाई बनावटी हुनुहुन्न र जस्तो हुनुहुन्छ त्यसरी नै आफुलाई प्रस्तुत गर्नु हुन्छ । यो कुरा उसलाई पनि धेरै मन पर्दछ ।
हामीलाई यो कुरा थाहा छ कि यो संसार बनावटीको ठुलो ठुलो महलहरुले भरिएको छ तर अझै पनि यो संसारमा यस्ता व्यक्तिहरुको कुनै कमि छैन जसले कृतिम संसार भन्दा वास्तविक जीवन जिउन धेरै सजिलो अनि राम्रो देखिन्छ । हामी यो कुरा भन्न चाहन्छौ कि परिस्थिति जस्तो सुकै आओस तर तपाई कुनै पनि हालतमा आफुलाई नबदल्नुहोस । किनकि वास्तविक भएर जीवन जिउन धेरै नै सजिलो हुन्छ । आफु जो होइन, आफुमा नभएको गुण ल्याएर जीवन बाच्न धेरै गारो पर्दछ ।
किनकि तपाई आफ्नो पुरा जीवन कृतिमतामा बाच्न सक्नु हुन्न किनकि यसरि कृतिम भएर बाच्न धेरै गारो पर्दछ । जीवनमा यस्तो पनि पल आउछ कि जतिसुकै तपाइले आफुमा कृतिमता भरेर आफु र आफ्नो नेचर बदलेर बाच्न खोज्नुहोस, तपाइको असली रुप बाहिर आएर नै छाड्नेछ । किनकि जीवन भनेको सधै एसी भएको खोठामा बस्नु मात्र हैन, जीवन भनेको कहिले काही रुखको सितल छहारीमा बस्नु पनि हो ।
उसलाई आफुले माया गरेको मानिसप्रति आकर्षित र लत लाग्न दिनुहोस । उसलाई तपाईप्रति आकर्षित हुन् दिनुहोस | उसलाई तपाई प्रति लत लाग्न दिनुहोस तर तपाइको अस्थाई भावना प्रति होइन । यदि तपाई आफुलाई जस्तो सुकै परिस्थितिमा पनि आफुलाई बदल्नु भएँ र आफु जस्तो हुनुहुन्छ त्यसरी नै आफुलाई देखाउनु भयो भने उ सधै भरि तपाई प्रति आकर्षित हुनेछ ।
तपाइको लत उसलाई सधै लाग्नेछ । उसलाई तपाइको सानो सानो चुलबुले काम प्रति आकर्षित हुन् दिनुहोस । उसलाई तपाइले आफ्नो बिशेष व्यक्ति बनाउनु भयो भने पनि तपाई प्रति उ सधै आकर्षित भैरहने छ ।
वि.सं.२०७८ माघ २७ बिहीवार ०९:१४

















