skip this

आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पु-याइँदै

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पु¥याइने भएको छ । सरकारी नजरमा ओझेलमा परेका कारण यो स्वास्थ्यमा सर्वसाधारणले ठूलो मूल्य चुकाउँदै जान थालेपछि सरकारले तल्लो तहसम्म सेवा पु¥याउन लागेको हो ।

स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा प्रकाश बुढाथोकीले सातवटै प्रदेशमा यससम्बन्धी तालिम सञ्चालन गरेर सेवालाई तल्लो स्तरसम्म पु¥याउन लागिएको बताउनुभयो । उनले भन्नुभयो, “आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यमा सर्वसाधारणको ठूलो खर्च भएको छ, जनको समेत क्षति बढ्दै गएको छ ।” कोही पनि यो सेवाबाट बञ्चित हुन नपरोस् भनेर तालिम अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।

विगत तीन वर्षदेखि आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा राखेर काम हुँदै आएको डा बुढाथोकीले जानकारी दिनुभयो । सबै प्रदेशमा तालिम सञ्चालन गरेपछि स्वास्थ्यचौकीसम्म यो सेवा विस्तार हुने उहाँले बताउनुभयो । उनले भन्नुभयो, “स्वास्थ्यचौकीमा सम्भव हुने उपचार हुन्छ, नहुने माथिल्लो स्वास्थ्य संस्थामा सिफारिस हुन्छ ।” विगत दुई वर्षमा प्रदेशहरूमा नीति, निर्माण र अन्य कामले गर्दा अलमल हुँदा बजेटसमेत फ्रिज भएको उहाँको भनाइ छ ।

यही अभियानअन्तर्गत मधेस प्रदेशले चितवनमा तालिमको आयोजना गरेको छ । मधेस प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख शरदचन्द्र न्यौपानेका अनुसार एक हप्ता अगाडि १४ स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ भने थप १४ जनाको तालिम भइरहेको छ ।

तालिममा मधेस प्रदेशका स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी हुनुहुन्छ । आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तीनदिने प्रशिक्षक प्रशिक्षण तालिममा भरतपुर अस्पतालका डा अजय न्यौपानेले मुख स्वास्थ्य, डा सुमित पाण्डेले आँखा, डा रमेश भण्डारीले नाक, कान र घाँटीसम्बन्धी प्रशिक्षण दिइरहनुभएको छ ।

प्रमुख न्यौपानेले मधेस प्रदेशमा प्रशिक्षक नभएपछि चितवनमा ल्याएर तालिम दिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक त मधेस प्रदेशमा प्रशिक्षक हुनुहुन्न, अर्काे कार्यक्षेत्रभन्दा टाढा लगेर तालिम दिक्षा ध्यान अन्यत्र नजाने र तालिम प्रभावकारी हुने हुँदा चितवनमा तालिम आयोजना गरेका हौँ ।” प्रशिक्षक लगेर तालिम दिँदा धेरै खर्चिलो हुने भएकाले चितवन नै आएर तालिम गरिएको उहाँको भनाइ छ । यो तालिम सम्पन्न भएपछि मधेस प्रदेशमा २८ प्रशिक्षक तयार हुने जनाउँदै न्यौपानेले भन्नुभयो, “अब मधेस प्रदेशका जिल्ला–जिल्लामा आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा प्रशिक्षण हुन्छ ।”

प्रशिक्षक एवं भरतपुर अस्पतालका दन्तरोग विशेषज्ञ डा अजय न्यौपानेले मुख स्वास्थ्यका विषयमा धेरै हेलचक्र्याइँ हुने गरेको बताउनुभयो । उहाँले ९० प्रतिशत बालबालिका र ७० प्रतिशत अन्य मानिसमा दाँतको समस्या रहने गरेको जानकारी दिनुभयो । उनले भन्नुभयो, “दाँत र मुखको सरसफाइको कमी छ, दिनमा दुईपटक ब्रस पनि गरिँदैन ।” खानपिनमा परिवर्तन भएको, चक्लेटलगायतका दाँतमा टाँसिने खाना धेरै खान थालिएको तर नियमित दन्त परीक्षण नगरिएका कारण दाँतको समस्या बढ्दै गएको डा न्यौपानेको भनाइ छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका नाँक, कान तथा घाँटी क्यान्सर रोग विशेष डा अनिलविक्रम कार्कीले आँखा, नाक, कान, घाँटी तथा मुखको सरसफाइको कमीले क्यान्सरसमेत हुनसक्ने बताउनुभयो । उनले नाक–कान–घाँटीको क्यान्सर चौथो बढी क्यान्सर हुनेमा पर्ने गरेको बताउँदै भन्नुभयो, “नाक–कान–घाँटीको क्यान्सरको मुख्य कारण सुर्तीजन्य पदार्थ र मद्यपानको सेवन, मुखमैथुन हो ।” पान, सुपारी, गुड्का, गुल्कजस्ता वस्तुको अम्मलका कारण पछिल्लो समय नाक, कान घाँटीको क्यान्सरका समस्या बढ्दै गएको उहाँको भनाइ छ । तिखो दाँतले घोचेर चोट लागेपछि मुखमा क्यान्सर हुने गरेको डा कार्कीको भनाइ छ ।

nijgadh-supermart-adz1200-630