बारामा प्रथम शहीद लखन थापाकाे सम्झना !
वि.सं.२०७८ फागुन ३ मंगलवार ०७:५२

बारा (निजगढ) । बारामा मगर समुदायले नेपालका प्रथम शहीद क्याप्टेन लखन थापा मगरको सम्झना गरेका छन् ।
नेपाल मगर संघल निजगढ नगर समितिको आयोजनामा नेपालका प्रथम शहीद क्याप्टेन लखन थापा मगरको १४५ औं श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।
निजगढ–७ माझिटोलस्थित नेपाल मगर संघल निजगढको भवनमा भएको कार्यक्रममा ्रथम शहीद क्याप्टेन लखन थापासहित ज्ञात, अज्ञात शहीदप्रति सम्मानस्वरुप श्रद्धाञ्जली अपर्ण गर्नुका साथै दिप प्रज्वलन गरिएको थियो ।
नेपाल मगर बुद्ध सेवा समितिका केन्द्रीय उपाध्यक्ष राजन पुलामी मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगर चलचित्र संघका केन्द्रीय सदस्य रोशन राना मगर, नेपाल मगर संघ बारा जिल्ला सचिव लिलाबहादुर राना मगर, नेपाल मगर संघल बारा जिल्ला निवर्तमान सचिव मानबहादुर थापा मगर, मगर भुषाल हस्तबहादुर सिंजाली मगर लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 
नेपाल मगर संघल निजगढ नगर समितिका अध्यक्ष बाबुराम थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मगर भुषाल डेटु ठाडा मगर र संचालन नेपाल मगर संघल निजगढ नगर समितिका कोषाध्यक्ष विभा कुमारी पुलामी मगरले गरेकी थिईन् ।
वि.सं.२०७८ फागुन ३ मंगलवार ०७:५२

















