skip this farak Kura Pravakar

घाँटी रेटी बाबु हत्या गरेको आरोपमा छोरा पक्राउ

987 shares
oil-nigam-amlekhgunj-adv.jpeg

दाङ । प्रहरीले ६३ वर्षीय बाबुलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शान्तिनगर गाँउपालिका-३ बस्‍ने १९ वर्षीय गोपाल मगर रहेका छन् ।
बुधबार दिउँसो १ बजे घरायसी झै-झगडामा मगरले तरकारी काट्ने चक्कुले आफ्नै बाबुको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताए ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630