नेपाली सेनाका जर्नेलले भेटे भारतीय प्रधानसेनापति
वि.सं.२०७८ भदौ १८ शुक्रवार १०:२७
काठमाडौँ : नेपाली सेनाका उपरथी निरन्जन कुमार श्रेष्ठले भारतीय सेनाका सेनाध्यक्ष जनरल एम एम नरवाणेसँग भेटवार्ता गरेका छन् ।नयाँदिल्लीस्थित भारतीय सेनाको मुख्यालयमा दुवै जनरलहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।
श्रेष्ठ नेपाली सेनाको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशकसमेत हुन । भेटमा द्वीपक्षीय हितका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।
भेटमा भारतीय सेनाअध्यक्ष नरवाणेले नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति जनरल प्रभुराम शर्मालाई आफ्नो बधाई सन्देश सुनाइदिन आग्रह गरेका थिए ।
श्रेष्ठ भारतीय सेनाका तालिम महानिर्देशनालयका महानिर्देशकको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन ।
श्रेष्ठले भारतीय सेनाका विभिन्न तालिम केन्द्रहरूको भ्रमण गरेर त्यहाँका उच्च अधिकारीहरूसँग छलफलसमेत गरेका छन । उनले भारतको इन्दोरस्थित माउ, पुने, देहरादुन र सिम्लामा रहेको भारतीय सेनाको सैन्य प्रशिक्षण केन्द्रहरूको भ्रमण गरेका छन् ।
भारतमा नेपाली सेनाका दर्जनौं अधिकृतहरू तालिम गरिरहेका छन् ।
वि.सं.२०७८ भदौ १८ शुक्रवार १०:२७