skip this farak Kura Pravakar

एलिजाकाे स्वास्थ्य सुधार, अस्पताल पुगेर अनेरास्ववियु (क्रान्तिकारी) ले गर्याे सहयाेग हस्तान्तरण

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ) : निजगढ ५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयकि छात्रा एलिजाकाे स्वास्थ्यमा सुधार भएकाे छ ।
बिच्छीले टाेकर गम्भीर भएर प्रसुति गृहबाट रिफर गरिएकी एलिजाकाे वीरगञ्जस्थित स्पर्श हस्पिटलमा उपचार भइरहेकाे छ ।
आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या परेकाे भन्दै अनेरास्ववियु (क्रान्तिकारी) निजगढ नगर कमिटीले एलिजा बचाउ अभियान सुरु गरेकाे थियाे ।
विद्यार्थीले खाजा खर्च कटाएर एलिजाकाे उपचारका लागि संकलित रकम आइतबार हस्तान्तरण गरिएको छ ।
अस्पताल पुगेर उपाध्यक्ष स्यारोलिका घिसिङ्ग र सदस्य अंकित गौतमले २० हजार हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा अनेम संघ (क्रान्तिकारी)  निजगढ नगर अध्यक्ष धनमाया लामा, सदस्य यसोधा बुढाथोकी लगायत सहभागी थिए ।
उनकाे उपचारको लागि अन्य माध्यमबाट निजगढका विद्यार्थी, शिक्षकले पनि सहयाेग गरेका छन् ।

nijgadh-supermart-adz1200-630