मोरङमा दुई पुरुष मृत भेटिए

153 shares

विराटनगर-मोरङमा दुई जना पुरुष मृत भेटिएका छन् । छुट्टा छुट्टै स्थानमा दुई जना मृत भेटिएका हुन् । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

बेलबारी नगरपालिका–३ स्थित पशु हटिया लाग्ने ठाउँमा अन्दाजी ७० वर्षीय वृद्ध पुरुष बुधबार दिउँसो ३ बजेतिर मृत भेटिएका हुन् ।

उनको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिना खोलाको बाँधको पानीमा डुबेको अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार राति मृत फेला परेका छन् ।

शरीरको आधार भाग पानीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।