अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
वि.सं.२०८० वैशाख २४ आइतवार २१:४२
1.04K
shares

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर–४ ,रातामाटामा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर च्याँप्दा कोप्चेबास निवासी चालक राजु भनेर चिनिने मानबहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
भिरालो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएको र नेपालीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताए ।
वि.सं.२०८० वैशाख २४ आइतवार २१:४२

















