पानी घट्टमा परेर ७ वर्षीया बालिकाको मृत्यु

390 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मकवानपुर : मकवानपुरको बकैयामा कमल घलेले संचालन गरेको पानीको घट्टमा परेर एक बालिकाको मृत्यु भएको छ ।
शनिबार बकैया गाउँपालिका वडा नम्वर ११ धारापानीस्थित रहेको उक्त घट्टमा परेर स्थानीय ७ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देबेन्द्र दासका अनुसार, पानी घट्टमा परेर स्थानीय चन्द्रबहादुर न्यासुरको छोरी रोशनी न्यासुरको मृत्यु भएको हो ।
ती बालिकाको घट्टमा परी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

nijgadh-supermart-adz1200-630