यस वर्ष नुवाकोटमा गोरु जुधाई नहुने
वि.सं.२०७८ पुस ३० शुक्रवार ११:०९
g'jfsf]6, ! df3 M uf]?sf] 3D;f3D;L g'jfsf]6sf] tf?sfl:yt rGbgLdf df3];ªqmflGtsf cj;/df h'wfOPsf] uf]? . g'jfsf]6df o; jif{ ^ 7fpFdf %& xn uf]? h'wfOPsf] 5 . t:jL/M gjbLk >]i7÷/f;;
नुवाकोट : जिल्लाका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुने भएको छ ।
कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाई प्रतिस्पर्धा नहुने भएको हो ।
कोरोनाको जोखिम बढेकाले सभा–समारोह, मेला तथा जात्रा सञ्चालनमा रोक लगाएका कारण गोरु जुधाई मेला स्थगन भएको छ ।
नुवाकोटको तारकेश्वर गाउँपालिकाको तारुका, तादी गापाको सातबीसे, लिखु गापाको सूर्यमति, पञ्चकन्या गापाको पञ्चकन्या, शिवपुरी गापाको शेराबगर, बेलकोटगढी नगरपालिकाको झिल्टुङ्ग, नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीलगायतका ठाउँमा हुने गरेको गोरु जुधाई मेला यस वर्ष स्थगन भएको छ ।
वि.सं.२०७८ पुस ३० शुक्रवार ११:०९

















