skip this

 रामवनमा माछा मार्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा शनिबार बेलुका बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ मा एक बालकको मृत्यु भएको छ ।

माछा मार्नलाई रामवनमा प्रवाह गरिएको करेन्ट लागेर १३ वर्षीय निराजन पाख्रीनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक चिरन्जिवी दाहालले जानकारी दिए ।

उनका अनुसार विद्युत प्रवाह गरेर माछा मारिरहेका बेला पाख्रीनलाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान समेत सुरु गरेको छ ।

nijgadh-supermart-adz1200-630