skip this
संविधानले असार मसान्तसम्मको डेटलाईन दिएको छ । त्यसैगरि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले २५ प्रतिशतको बटमलाईन दिएको छ । गणपूरकका सम्बन्धमा अदालतबाट भएका फैसलाले स्थापित गरेका नजिर समेतको अध्ययनबाट बजेटलाई बन्धक बनाउन नहुने मुल व्याख्या गरेको पाईन्छ ।

नगर सभा : तेस्रो बैठकमा गणपूरक सख्या नपुगे के हुन्छ ?

कति हो गणपूरक सख्या ?

2.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–असार १० गतेसम्म स्थानिय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संवैधानिक व्यवस्था अनुसार स्थानिय तहले स्थानिय तह सञ्चालन ऐन बनाएका छन् ।

त्यहि संविधान र ऐनमा भएको व्यवस्था अनुसार अहिले स्थानिय तहले नगर सभा आह्वान गरेर बैठक गरिरहेका छन् ।

बाराको जीतपुरसिमराको दसौं नगरसभाको १० असारमा तेस्रो वैठक आह्वान गरेको छ । त्यसैगरि पर्साको पर्सागढी गाउँपालिकाले दोस्रो बैठक आह्वान गरेको छ ।

जीतपुरसिमराले दोस्रो बैठक स्थगित गरेर तेस्रो बैठक आहवान गरेको हो भने पर्सागढी गाउँपालिकाले पहिलो बैठक स्थगित गरेर दोस्रो बैठक आह्वान गरेको हो ।

किन स्थगित भयो बैठक ?

सभा संचालनका लागि आवश्यक गणपूरक संख्या नपुगेपछि यी पालिकाले बैठक स्थगित गरेर अर्को बैठक आह्वान गरेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले नगरसभा संचालन नियमावली २०७५ को दफा ५ को उपदफा (२) बमोजिम आवश्यक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेका थिए । यसअघि असार ५ गतेका लागि बोलाइएको पहिलो बैठक गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।

कति हो गणपूरक सख्या ?

सभा अध्यक्ष पौडेलले नगरसभा संचालन नियमावली २०७५ को दफा ५ को उपदफा (३) बमोजिम तेस्रो बैठक आहवान गरेका हुन् । उक्त उपदफाले २५ प्रतिशत सदस्यको उपस्थितीमा बैठक बस्न सक्ने व्यवस्था गरेको छ । उपदफा (१) र उपदफा (२) मा भने ५० प्रतिशत भन्दा बढी सदस्यको उपस्थितीमा मात्रै नगरसभा बस्ने सक्ने प्रावधान छ । पहिलो बैठक स्थगित भएको तीन दिन भित्र बस्ने गरी दोस्रो बैठक र उक्त दोस्रो बैठक पनि स्थगित भएमा दुई दिन भित्र बस्ने गरी तेस्रो बैठक आहवान गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभा सञ्चालन नियमावली, २०७५ (जुन संविधानको धारा २३० र अनुसूची ८ को क्र.सं १२ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २३ अनुसार बनाईएको) को दफा ५ बमोजिम ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएमा गणपुरक संख्या मानिनेछ । यदी सो गणपुरक संख्या नपुगेमा ३ दिनमा दोस्रो पटक बैठक बोलाउने र सो पटक पनि ५० प्रतिशत गणपुरक संख्या नपुगेमा पुनः २ दिनमा तेस्रो पटक बोलाउने र उक्त बैठकमा २५ प्रतिशत सदस्य उपस्थित भएमा बैठक बस्नेछ ।

त्यसैगरि सोही ऐनको दफा १० बमोजिम ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएमा गणपुरक संख्या मानिनेछ । यदी सूचना हुदाँहुँदै पनि सो गणपुरक संख्या नपुगेमा दोस्रो पटकको बैठकमा ३३ प्रतिशत गणपुरक संख्यामा बैठक बस्नेछ । सदी दोस्रो पटक पनि गणपुरक संख्या नपुगेमा तेस्रो पटकको बैठकमा जति सदस्य उपस्थित भएमा पनि बैठक बस्ने व्यवस्था गरिएको छ ।

गणपूरक सख्या पुग्ने विश्वास

नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल नभएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट निर्वाचित अधिकांश सदस्यले नगरसभा बहिष्कार गर्दै आएका छन् ।

नगरसभामा उपप्रमुखसहित नेकपा एमालेका ६९, नेपाली कांग्रेसका २३, प्रमुखसहित नेकपा माओवादी केन्द्रका २०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ६ र नेकपा एकीकृत समाजवादीका चार सदस्य छन् ।

माओवादी केन्द्रका २० सहित सभा सम्पन्न गर्न पौडेललाई अन्य पार्टीबाट निर्वाचित थप ११ जना नगरसभा सदस्यको आवश्यकता पर्छ ।

पहिलो बैठकको तुलनामा दोस्रोमा उपस्थिति संख्या बढेको छ । तेस्रोमा २५ प्रतिशत उपस्थिति पुग्नेमा नगर प्रमुख पौडेलले विश्वास व्यक्त गरेका छन् ।

अब के हुन्छ ?

तेस्रो बैठकमा पनि २५ प्रतिशत संख्या उपस्थित नभएमा नगरसभा स्थगित हुनेछ । जीतपुरसिमरामा २५ प्रतिशतका लागि हाल कायम एक सय २२ नगरसभा सदस्य संख्यामध्ये ३१ जना उपस्थित हुनुपर्नेछ ।

तेस्रो बैठकमा पनि गणपूरक नपुगे के हुन्छ भने आम जिज्ञासा छ । नेपालको संविधानको धारा २३० मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आ.व. को राजश्व र व्ययको अनुमान स्थानीय कानून बमोजिम गाउँ सभा वा नगर सभामा पेश गरी पारित गराउनु पर्ने व्यवस्था रहेको छ । त्यसैगरि आगामी आ.व. को राजश्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र नगर सभामा पेश गर्नु पर्नेछ । र असार मसान्तभित्र पारित गरिसक्नु पर्ने उल्लेख छ ।

संविधानले असार मसान्तसम्मको डेटलाईन दिएको छ । त्यसैगरि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले २५ प्रतिशतको बटमलाईन दिएको छ । गणपूरकका सम्बन्धमा अदालतबाट भएका फैसलाले स्थापित गरेका नजिर समेतको अध्ययनबाट बजेटलाई बन्धक बनाउन नहुने मुल व्याख्या गरेको पाईन्छ ।

तेस्रो बैठकमा पनि गणपूरक संख्या नपुगे पटक–पटक बैठक राख्न पाउने र २५ प्रतिशतको उपस्थिति भएपछि बैठकमा बजेट प्रस्तुत गर्न सक्ने कानून व्यवसायी बताउँछन् ।

समाचार टिप्पणी : जीतपुरसिमराका मेयरले गरेको बजेटमाथिको कानूनी विद्रोह !

nijgadh-supermart-adz1200-630