skip this yams_Max_Hospital.jpeg

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि विशेष अधिवेशन अन्त्यको तयारी

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बुटवल : लुम्बिनी प्रदेशसका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको जानकारी प्रदेशसभा सचिवालयमा पुगेको छ । मुख्यमन्त्रीले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयबाट आएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए ।
अविश्वास प्रस्तावमाथि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले बोलेपछि मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा स्थगित गरेका बेला उहाँको राजीनामाबारे जानकारी आयो, अब प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिरहेका छौं’ प्रदेशसभा सचिव पुनले बताए । उनका अनुसार अब विशेष अधिवेशन अन्त्य गर्ने वा स्थगित गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

nijgadh-supermart-adz1200-630