skip this bagdve 29 th

कर सप्ताह : निजगढमा करदाता शिक्षा

453 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-कर सप्ताहको अवसरमा कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक राजस्व कार्यालय सिमरा बाराको आयोजना तथा निजगढ उद्योग बाणिज्य संघको समन्वयमा मंगलबार आयोजनामा कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा निजगढ नगर उद्योग वाणिज्य संघको कार्यक्षेत्र भित्र रहेका उद्योगी व्यवसायीसंग कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

सिमरा कर कार्यालयका कर अधिकृत रामकृष्ण गुप्ताले ब्यापारीहरुलाई दण्डित गर्ने उदेश्य कर कार्यालयको नरहेको र अन्जानमा हुने त्रुटिबाट डण्डित हुन सक्ने भएकाले जरिवाना भन्दा पहिले केहि सिकौ भन्ने उदेश्यले निजगढ नगर उद्योग बाणिज्य संघसंग सहकार्यमा कार शिक्षा कार्यक्रम आयोजना गरिएको बताए । उनले भने,‘ब्यापार व्यावसाय गर्दै आएका ब्यापारीहरुले कारोबार गर्दा अन्जानमा हुने गल्तीहरु स्वयं जानकारी हुने र उक्त सच्चाउँदै सरकारबाट डण्डित नहुन कारोबारको हिसाब किताब शुद्ध राख्न सकुन भन्ने उदेश्यका साथ करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।’

कार्यक्रममा कर, भ्याट, मिस म्याच, इ प्यान, अभिवृद्धि कर, स्थायी लेखा नम्बर, अन्तःशुल्क, व्यावसायिक तथा निकायगत रूपमा स्थायी लेखा नम्बर लिन आवश्यक कागजातहरू, आयकरको दर, मूल्य अभिवृद्धिमा जाने अवस्था, इटिडिएस लगाएतका विषयमा जानकारी गराएको थियो भने व्यक्तिको करको दर र व्यावसायिक मापदण्ड पालना नगर्दा हुन सक्ने दण्ड र जरिवानाबारे समेत जानकारी गराएको थियो ।

संघको कार्यक्षेत्र भित्र रहेका उद्योगी तथा व्यवसायी संचालन गर्ने बर्गलाई कर प्रणाली, कर छुट तथा कर दाखिला लगाएत अन्य कर सम्बन्धि विभिन्न बारेमा जानकारी होस भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको निजगढ नगर उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमबाट व्यवसायीले विभिन्न कर छुट तथा परिवर्तित कर प्रणाली लगायत विषयमा जानकारी लिन कार्यक्रम महत्त्वपूर्ण माध्यम बनेकाे संघका अध्यक्ष श्रेष्ठले बताए ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित साना तथा ठूला करदाता उद्योगी व्यवसायीले करका बारेमा विभिन्न किसिमका जिज्ञासा राखेका थिए ।

nijgadh-supermart-adz1200-630