skip this bagdve 29 th

अतिक्रमण हटाएको रिपोर्टिङमा गएका पत्रकार यादवकाे माेवाईल वडा अध्यक्ष गुप्ताको कब्जामा

पत्रकार महासंघ बाराकाे ध्यानाकर्षण

1.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुर बजारस्थित गौशलामा अतिक्रमण गरि बनाईएको संरचना हटाउने कार्यको समाचार संकलन गरएका पत्रकारकाे माेवाईल वडा अध्यक्षले कब्जामा लिएका छन् ।

नेपाल पत्रकार महासंघ बारा शाखाको कार्यसमितिका सहसचिव तथा बाराखबर डट कमका अध्यक्ष/सम्पादक रन्जन यादवलाई समाचार संकलनको विषयलाई लिएर वडा अध्यक्ष सुनिल गुप्ताले रिपोटिङमा प्रयोग भएको मोवाईल नियन्त्रणमा लिएका छन् ।

सुरक्षा निकायको समेत उपस्थिति रहेको अवस्थामा वडा अध्यक्ष गुप्ताले मोवाइल खोस्नुका साथै सो क्रममा आफुलाई धम्क्याएको पत्रकार यादवले बताए ।

पत्रकार यादव नेपाल पत्रकार महासंघ बारा शाखाको कार्यसमितिका सहसचिव तथा बाराखबर डट कमका अध्यक्ष हुन् ।

प्रेस सेन्टर बाराका अध्यक्ष समेत रहेका यादवलाई समाचार संकलनको विषयलाई लिएर दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ बारा शाखाको ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला अध्यक्ष रेशम तिवारीले प्रेस विज्ञप्ति जारी गर्दै
स्वतन्त्र रुपमा बिना रोकतोक समाचार संकलन गर्न पाउनु पत्रकारको अधिकार भएको हुँदा अपराधिक शैलीमा सञ्चार उपकरण खोस्ने तथा गाली गलौज गर्ने यो घटना प्रेस स्वतन्त्रता विरुद्ध भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ-महासंघ प्रेसविरोधी यस्ता घटनाको कडा शब्दमा निन्दा गर्दै घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याएर प्रेसको संविधानप्रदत्त अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

nijgadh-supermart-adz1200-630