skip this

कोरोना तेस्रो लहर : बाराको महागढीमाईका एक पुरुषको मृत्यु

912 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : पछिल्लो पटक बारामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ ।
कोरोना सङ्क्रमणको तेस्रो लहरमा बाराको यो नै पहिलो मृत्युको घटना हो ।
सङ्क्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि निजी अस्पतालले उपचारका लागि सङ्क्रमितलाई नारायणी अस्पतालमा रेफर गरेको थियो ।
मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको र उनले कोरोनाको खोप पनि नलगाएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630