skip this farak Kura Pravakar

निजगढमा होटल तथा पर्यटन व्यवसायी संघ नगर इकाइको तेस्रो अधिवेशन सम्पन्न

237 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–होटल तथा पर्यटन व्यवसायी संघ, बारा अन्तर्गत निजगढ नगर इकाइको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । निजगढ शहीदचोकस्थित होटल राजमार्गमा भएको अधिवेशनले राजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा ढक बहादुर खत्री (डिबी दहाल) र सिता पोखरेललाई निर्वाचित गरेको छ ।

त्यस्तै महासचिवमा भरत खड्का चयन भएका छन् । त्यसैगरी, कोषाध्यक्षमा सर्जु थापा, सचिवमा सुभम खनाल चयन भएका छन् । सदस्यहरूमा ओमराज लामा, निरञ्जन बोहरा, कृष्ण बस्नेत, जुना पौडेल, रिना गौतम, विनोद घिसिङ र सुसिला सिम्खडा रहेका छन् ।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक सरोज कोईरालले पद तथा गोपनियताको सपथ गराएका थिए । यस अघि निजगढ नगर ईकाई अध्यक्ष रामकृष्ण घिमिरेलाई दोसल्ला ओढाएर विदाई गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायीहरूको एकता, सेवा गुणस्तर सुधार र पर्यटन विकासका लागि आफूले सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका ।

त्यस्तै नव निर्वाचित उपाध्यक्ष दाहालले होटल तथा पर्यटन क्षेत्रमा थुप्रै चुनौति रहेको भन्दै त्यसलाई कार्यसमितिको अझ बढी जिम्मेवारी रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार गोकुल घोरसाईनेले पर्यटन विकासमा ध्यान केन्द्रित गर्न नव निर्वाचित कार्यसमितिलाई सुझाव दिएका छन् । उनले पर्यटन विकास हुदाँ सबैभन्दा बढी फाईदा होटल क्षेत्रले लिने भएपनि त्यसले समग्र क्षेत्रमा प्रभाव पर्ने बताएका छन् ।

त्यस्तै वरिष्ठ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख तथा बरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दहालले नव निर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् ।

निर्वाचन समितिका संयोजक कोईरालाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण निर्वाचन समितिका सदस्य महेश्वर अधिकारीले गरेका थिए । कार्यक्रममा निर्वाचन समितिकी सदस्य सिता श्रेष्ठ, पत्रकार जीतलाल श्रेष्ठ लगायतको सहभागि थिए ।

अधिवेशनमा बोल्ने वक्ताहरूले निजगढ क्षेत्रको पर्यटन प्रवद्र्धन, होटल व्यवसायको सुदृढीकरण तथा व्यवसायीहरूको हकहित संरक्षणमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

nijgadh-supermart-adz1200-630