प्रदेश १ मा कांग्रेस र एमाले उम्मेदवारको मत बराबर आएपछि गोलाप्रथाको तयारी
वि.सं.२०७८ माघ १२ बुधवार १८:०४
825
shares

विराटनगर । प्रदेश १ मा राष्ट्रियसभाको निर्वाचनअन्तर्गत नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर भएको छ ।
५ दलीय गठबन्धनको समर्थन प्राप्त कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरु बरालले समाज ४ हजार ४ सय ८८ मतभार प्राप्त गरेका छन् ।
दुईजनाको मतभार समाज भएपछि गोलाप्रथाबाट विजेता छान्ने तयारी भइरहेको छ ।
प्रदेश १ मा गठबन्धनकी उम्मेदवार जयन्ती राई र एमाले उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भइसकेका छन् ।
https://faraknepal.com/9388
वि.सं.२०७८ माघ १२ बुधवार १८:०४
















