skip this

बस दुर्घटना अपडेटः घाईते आठ जनालाई डडेल्धुरा पठाईयो

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी आउँदै गरेको पवनदूत यातायातको बस पटन–पञ्चेश्वर सडक खण्डको रौतगउँमा दुर्घटना हुँदा घाईते भएका आठ जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाईएको छ ।

बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिका वडा–२, को रौतगाउँ नजिकै बिहीबार बिहान ना ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब पाँच मिटर तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा मेलौली नगरपालिका– ६, का ४८ वर्षीया कमलापति भट्ट, मेलौली ९ का २४ वर्षीय दुर्गादत्त भट्ट, मेलौली ९ कै ६८ वर्षीय रामसिंह साउद, मेलौली–२, का २१ वर्षीय मनिष चन्द, कञ्चनपुरको दैजीका २१ वर्षीय पूजा भट्ट र बाराका ४५ बर्षीय सिराज अन्सारी रहनु भएको छ ।

त्यसैगरि, अन्य घाईतेमा शिवनाथ गाउँपालिका–१, का २१ वर्षीय सुशिला चन्द र शिवनाथ्–६, का २९ वर्षीय जनक आउजी घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । बस चालक वीरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएन थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

https://faraknepal.com/9530?

nijgadh-supermart-adz1200-630