skip this

जिपले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाईको मृत्यु

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । कलैया-वीरगन्ज सडक खण्डको सिसहनीयास्थित विजय आयलस्टोर छेउमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो । दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो ।

त्यहाँबाट थप उपचारको लागि वीरगन्ज मेडिकल अस्पताल लगिएको थियो । उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिसहनीयाबाट कलैया तर्फ आउँदै गरेको दाजुभाई चढेको ना८प ८८६३ नम्बरको मोटरसाइकललाई कलैयाबाट सिसहनीया तर्फ जाँदै गरेको भारतीय बीआर ०५ एआर ५१५१ नम्बरको जिपले ठक्कर दिएको थियो । जिप चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक दाजुभाई हुन् ।

nijgadh-supermart-adz1200-630