राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि आह्वान
वि.सं.२०७८ माघ १३ बिहीवार १६:५४
945
shares

काठमाडौँ । राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन्।
यसअघि २ माघमा सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो।
वि.सं.२०७८ माघ १३ बिहीवार १६:५४

















