skip this

आमा, छोरी झुण्डिएको अवस्थामा मृत फेला

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

दार्चुलाको शैल्यशिखर नगरपालिकामा आमाछोरी मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नगरपालिकाको वडा नम्बर ८ तल्चौरामा आमा र नाबालिका झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

शैल्यशिखरको वडा नम्बर ७ घर भएका शिवराज बिष्टकी २३ वर्षीया श्रीमती सरस्वती बिष्ट र उनकी १ वर्षीया छोरी जेनिशा बिष्ट मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ।

घरबाट माइत जान हिँडेकी उनी छोरीसहित झुण्डिएको अवस्थामा फेला परेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली खटिएको थियो।

पोष्टमार्टमका लागि शवलाई गोकुलेश्वर अस्पताल लगिको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630