निजगढ नेवाः गुठी खलः को प्रथम नगर भेलाद्धारा नयाँ कार्यसमितिको गठन

वि.सं.२०७८ भदौ १७ बिहीवार २२:१२

बारा (निजगढ) : बाराको निजगढका नेवार समुदाय संगठित भएका छन् ।
नेवार समुदायको पहिचान, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले नेवाः गुठी खलः को प्रथम नगर भेला सम्पन्न भएको छ ।
भेलाले शिव श्रेष्ठको अध्यक्षतामा नगर कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा उतरध्वज श्रेष्ठ र घनश्याम श्रेष्ठ, सचिवमा राजन श्रेष्ठ, सहसचिवमा अजय श्रेष्ठ, कोषाध्यक्षमा गीता श्रेष्ठ, सह कोषाध्यक्षमा पुन्यश्वरी श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरि सदस्यमा हेमलाल श्रेष्ठ, पवन श्रेष्ठ, रोशन खड्गी, दिपक श्रेष्ठ, दिनेश श्रेष्ठ, सबिना श्रेष्ठ, टीका श्रेष्ठलगायत २५ सदस्यिय नगर कार्यसमिति चयन भएको हो ।
त्यसैगरि लेखा समितिको संयोजकमा भाई काजी श्रेष्ठ, सल्लाहकारमा नारायण श्रेष्ठ र सरंक्षकमा गणेश राज भण्डारी, बिदुरलाल श्रेष्ठ, दिप शाही चयन भएका छन् ।
निजगढ नगर उद्योग वाणिज्य संघको सभा हलमा भएको भेलाको उद्घाटन निजगढ नगर उप–प्रमुख लिला देवी लामिछाने खनालले गरेकी थिईन् ।
कार्यक्रममा बारा नेवाः गुठी खलका अध्यक्ष रामदास धौजु र मकवानपुर नेवाः गुठी खलका अध्यक्ष अनिल खड्गीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा निजगढ वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवर, वडा नम्बर ६ का वडा अध्यक्ष कुशबहादुर थापा, वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर लामा, राप्रपा नेपालका नगर अध्यक्ष खड्क प्रसाद उप्रेती, नेपाली कांग्रेसका नगर अध्यक्ष महेशी कुमर, निजगढ गाविसका पूर्व अध्यक्ष एक बहादुर श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

वि.सं.२०७८ भदौ १७ बिहीवार २२:१२