skip this farak Kura Pravakar

संविधानकाे रक्षा गर्न अग्रगमनकारी शक्तिलाई जिताउनु पर्छ : अनिल श्रेष्ठ

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बारा ४ (क) का प्रदेश सभाका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिलले संविधानकाे रक्षा गर्न अग्रगमनकारी शक्तिलाई जिताउनु पर्ने बताएका छन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार एव् नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अनिलले संविधानमाथि प्रहार गर्न प्रतिगमनकारी शक्तिका रुपमा एमाले-राप्रपा गठबन्धन अघि बढेकाे बताए ।

`मंसिर ४ मा राजा फर्काउने याेजना बन्दैछ´, अनिलले भने- यसमा एमालेकाे प्रतिगमनकारी भुमिका देखिएको छ । यसलाई मतदानमार्फत असफल पार्न जनता सचेत हुनुपर्ने छ ।

बाराकाे सिमरामा प्रदेश निर्वाचन परिचालन कार्यालय उद्घाटन समारोहलाई सम्बाेधन गर्दै नेता श्रेष्ठले प्रतिगनकारी कदम विरुद्ध एकजुट भएकाे शक्ति अब जनमतमार्फत प्रतिवद्व भएर जुट्नुपर्ने बेला आएकाे बताए ।

nijgadh-supermart-adz1200-630