भारतको तीर्थस्थल पुगी फर्कदै गरेका महागढीमाईका तीर्थयात्री कलैयामा मृत्यु
वि.सं.२०८० फागुन २० आइतवार २३:१०

बारा–भारतका विभिन्न तीर्थस्थल पुगी फर्कने क्रममा बाराका एक तीर्थयात्रीको आज बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा महागढीमाई नगरपालिका-६ लक्षुमनवा टोलका ७५ वर्षे गणेशप्रसाद कुशवाहा रहेका छन् । करिब एक सय जनाको समूहसहित कुशवाह २५ दिनअघि धार्मिक यात्रामा निस्किएको थिए ।
भारतका विभिन्न तीर्थस्थल पुगी भारतको आदापुरबाट पैदल फर्किने क्रममा उनी कलैया उपमहानगरपालिका-१२ स्थित नेपाल राष्टि आधारभूत विद्यालयमा विश्राम गरेका थिए ।
उनी हिजो खाना खाएर सुतेको र आज बिहान नित्यकर्म तथा पूजापाठ गरिसकेपछि बिरामी परेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए ।
उनको शव प्रदेशिक अस्पताल कलैयामा राखिएको छ । उनको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० फागुन २० आइतवार २३:१०

















