skip this

मैथली र भोजपुरी भाषालाई कामकाजी भाषा बनाउने गरि कानून बनाउँदै छौं : सभामुख रामचन्द्र मण्डल

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्सा–मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले कानून बनाउने क्रममा मैथली र भोजपुरी भाषालाई कामकाजी भाषा बनाउने गरि गृहकार्य भईरहेको बताएका छन् ।
वीरगञ्जमा साहित्यिक चौतारी नेपालको १० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दैै सभामुख मण्डलले मधेसमा नेपाली भाषासहित भोजपुरी र मैथली भाषालाई कामकाजी भाषा बनाउन आवश्यक रहेको बताएका हुन् ।

‘जसको सत्ता छैन, त्यसको भाषा मरेतुल्य हुन्छ,’ सभामुख मण्डलले भने–अहिले संघीयता आएसँगै स्थानीय सरकारसँग स्थानीय भाषालाई जोड्ने काम गरेको छ । अहिलेको सत्ताले भाषालाई मलजल गर्ने काम गर्छ ।

उनले नेपाल देश सानो भएपनि विविधताले विश्वलाई प्रतिनिधित्व गरिरहेको बताउँदै विविधता नै सुन्दरता भएकाले त्यसलाई व्यवस्थापन गर्न सके समाज सुन्दर हुने धारणा राखे ।

उनले पाठ्यक्रम बनाउन शिक्षक, विद्यार्थी र अभिभावकलाई सामेल गराउनु पर्ने बताए । आयातित शिक्षाले हाम्रो ईतिहास मेटाउने काम भईरहेको भन्दै स्थानीय इतिहास र व्यक्तित्व ओझेलमा पारिएको टिप्पणी गरे ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले उद्घाटन गरेको कार्यक्रममा साहित्यिक चौतारी नेपालका वरिष्ठ सल्लाहकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य प्रा. डा. देवि नेपाल, शिक्षा विभागका निर्देशक गणेश भट्टराई, मधेस प्रदेशका पूर्व सांसद सुन्दर विश्वकर्मा, मजदुर नेता आनन्द थामी, उपप्रधापक विरेन्द्र प्रसाद साह, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, सृजनाशील साहित्य समाजका पूर्व अध्यक्ष नारायणप्रसाद भण्डारीको आतिथ्यता रहेको थियो ।

साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष कमला ढकाल र सञ्चालन महासचिव रामप्रसाद संगमले गरेका थिए ।

कार्यक्रमको अवसरमा ४ वटा कृति विमोचन गरिएको छ । कार्यक्रममा आजीवन सदस्यलाई प्रमाण–पत्र वितरण गरिएको थियो । त्यसैगरि उत्कृष्ठ शाखा र उपशाखालाई सम्मान गरिएको थियो ।

https://www.facebook.com/61554154396132/videos/710733994510904

nijgadh-supermart-adz1200-630