खोलामा डुबेर एक किशोरको मृत्यु

वि.सं.२०७९ फागुन २० शनिवार १८:३७
306
shares

पाल्पा-पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको रैनदेवी छहरा ७, बल्ढेङगढीस्थित कन्चन खोलामा डुबेर एक किशोरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १७ वर्षीय भिमबहादुर रानाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। रैनदेवी छहरा ७ र ८ को सिमाना भएर बग्ने कन्चन खोलाको जलुकेघाटमा पौडी खेल्ने क्रममा राना डुबेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले रानाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको सूचना आएको बताए ।
राना रैनदेवी छहरा–७, बल्ढेङगढी जोग दमारका बासिन्दा हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको थापाले बताए ।

वि.सं.२०७९ फागुन २० शनिवार १८:३७