पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै
वि.सं.२०८० जेठ ६ शनिवार ०७:२५
Devdutt Padikkal of Rajasthan Royals play a shot during match 66 of the Tata Indian Premier League between the Punjab Kings and the Rajasthan Royals held at the Himachal Pradesh Cricket Association Stadium, Dharamsala on the 19th May 2023 Photo by: Arjun Singh / SPORTZPICS for IPL
काठमाडौँ – इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई पराजित गरेर प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ। धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको खेलमा राजस्थान ४ विकेटले विजयी हुँदा शीर्ष चारमै रहेको हो।
पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। राजस्थानको जितमा यशस्वी जैसवाल र देवदत्त पडिकलले अर्धशतकीय ईनिङ खेले। पडिकलले ५१ रन तथा जैसवालले ५० रनको योगदान गरे।
यसैगरी सिमरन हिटमायर जैसवालले ४७, सिमरन हिटमायरले ४६ र रियान परागले २० रन बनाए।
पन्जाबका लागि कागिसो रबाडाले २ तथा राहुल चहर,साम करन,नाथन एलिस र अर्शदिप सिंहले समान १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो।
यसजितसँगै राजस्थान १४ खेलबाट १४ अंकका साथ पाँचौ स्थानमा रहेको छ भने पन्जाब १४ खेलमा १२ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ।
आजको दोस्रो खेलमा लखनउसँग कोलकत्ताको हार तथा भोलि मुम्बई तथा बेंगलोरको हारले राजस्थानको प्लेअफको ढोका खुल्नेछ।
वि.सं.२०८० जेठ ६ शनिवार ०७:२५

















