skip this hetauda tech

पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै

330 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई पराजित गरेर प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ। धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको खेलमा राजस्थान ४ विकेटले विजयी हुँदा शीर्ष चारमै रहेको हो।

पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। राजस्थानको जितमा यशस्वी जैसवाल र देवदत्त पडिकलले अर्धशतकीय ईनिङ खेले। पडिकलले ५१ रन तथा जैसवालले ५० रनको योगदान गरे।

यसैगरी सिमरन हिटमायर जैसवालले ४७, सिमरन हिटमायरले ४६ र रियान परागले २० रन बनाए।

पन्जाबका लागि कागिसो रबाडाले २ तथा राहुल चहर,साम करन,नाथन एलिस र अर्शदिप सिंहले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो।

यसजितसँगै राजस्थान १४ खेलबाट १४ अंकका साथ पाँचौ स्थानमा रहेको छ भने पन्जाब १४ खेलमा १२ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ।

आजको दोस्रो खेलमा लखनउसँग कोलकत्ताको हार तथा भोलि मुम्बई तथा बेंगलोरको हारले राजस्थानको प्लेअफको ढोका खुल्नेछ।

nijgadh-supermart-adz1200-630