skip this

यौन दुर्व्यवहारकाे आराेप लागेका वडा अध्यक्ष सम्पर्क विहीन

2.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–बाराको निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठ सम्पर्क विहीन भएका छन् । उनीमाथि गाउँकै एक किशोरीले याैन दुर्ववहारकाे आराेप लगाएकी छिन् ।
दशैंको टिकाको दिन आफुमाथि यौन दुव्यवहार भएको भन्दै १५ वर्षिया एक किशोरीले ईलाका प्रहरी कार्यालयमा मंगलबार जाहेरी दर्ता गरेपछि प्रहरी बुधबार वडा अध्यक्ष श्रेष्ठकाे घरमा पुगेकाे थियाे ।

इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजिव ओलीकाे नेतृत्वमा पुगेकाे प्रहरी टाेली वडा अध्यक्ष श्रेष्ठको घर पुगेर हाे । श्रेष्ठ फेला नपरेपछि टाेली फर्केको छ । स्थानीयका अनुसार श्रेष्ठले मंगलबारदेखि नै घर छाडेका छन् ।

nijgadh-supermart-adz1200-630