skip this farak Kura Pravakar

रौतहट क्षेत्र नं. ४ मैजारो : संघमा तिमल्सेना, प्रदेशमा भट्टराई र आजाद

2.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–रौतहट क्षेत्र नं. ४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक मतपरिणाम अनुसार प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस, प्रदेशसभातर्फ नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपाल विजयी भएको छ ।

संघमा देवीप्रसाद तिमल्सेना

रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार उनले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई १० हजार ५५५ मतान्तरले पराजित गरे । रेग्मीलाई जनता समाजवादी पार्टीले सघाएको थियो ।

२०७४ सालको निर्वाचनम पनि यस क्षेत्रबाट तिमल्सेना नै निर्वाचित भएका थिए ।

प्रदेश क मा युवराज भट्टराई (समिर)

रौतहटको क्षेत्र नम्बर ४ (क) का लागि प्रदेशसभा सदस्यमा नेकपा माओवादीका युवराज भट्टराई (समिर) विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अखलेश्वर चौधरीलाई ५ हजार ८७ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचन कार्यालय चन्द्रनिगाहपुरका निर्वाचन अधिकृत गुणराज पराजुलीका अनुसार नेकपा माओवादीका भट्टराई १५ हजार ३ सय ६८ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले १० हजार २ सय ८१ मत ल्याए । यो क्षेत्र सत्तागठबन्धनको तर्फबाट नेकपा माओवादीको भागमा परे पनि एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका थिए ।

भट्टराई माओवादीका पोलिटब्यूरो सदस्य र रौतहट जिल्ला इन्चार्ज पनि हुन् ।

प्रदेश ख मा अबुलकलाम आजाद

रौतहटको क्षेत्र नम्बर ४ (ख) का लागि प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का शेख अबुलकलाम आजाद विजयी भएका छन् ।

२ हजार ८ सय ६६ मतान्तरले विजयी भएका आजादले ८७४१ मत ल्याएरका छन् । स्वतन्त्र उम्मेदवार संजय यादवले ५८७५ मत ल्याएका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का शेख सतार अहमदले ४७५५ मत ल्याएका छन् ।

यसअघि मधेस प्रदेशको सांसदबाट राजीनामा दिएर उनी मेयर लडेका थिए । बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका उनी पराजित भएका थिए ।

nijgadh-supermart-adz1200-630