skip this

रवि लामिछाने नागरिकता पुन: प्राप्तिका लागि आज प्रशासन जाँदै

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ–रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आज आइतबार जिल्ला प्रशासन कार्यालय जाने भएका छन्।

उनी बिहान कार्यालय खुलेसँगै बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय जाने तयारीमा रहेको उनका सहयोगीले बताएका छन्।

सर्वोच्चले गत शुक्रबार अमेरिकी नागरिकता त्यागपछि प्रक्रिया नपुर्‍याएकाले लामिछानेको नेपाली नागरिकता कायम नरहेको फैसला सुनाएको थियो।

फैसलासँगै सांसद पद खारेज हुँदा उनले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापतिको पदबाट राजीनामा दिएका थिए।

nijgadh-supermart-adz1200-630