रास्वपाका सभापति रवि लामिछाने ओली निवास बालकोटमा
वि.सं.२०७९ पुस १० आइतवार १४:२६
1.25K
shares

काठमाडौं। सरकार गठनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । सभापति लामिछाने सरकार गठनबारे छलफल गर्न पार्टी प्रवक्ता मुकुल ढकालसहित बालकोट पुगेका हुनग्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक हप्ताको समय आज सकिँदै छ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरूको प्रयास चलिरहेको छ ।
वि.सं.२०७९ पुस १० आइतवार १४:२६

















