skip this

रविराज–रेश्मीले वैवाहिक पार्टी रोकेर गरे मानव कल्याण सेवालाई गरे सहयोग

7.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–८ का ३४ वर्षिय रविराज दंगाल वैवाहिक बन्धनमा बाँधिएका छन् । नेकपा (माओवादी केन्द्र) का नेता एवं अभियन्ता दंगालले साधारण तरिकाले विवाह मात्र गरेनन्, विवाह पछिको भोज अर्थात पार्टी रोकेर सामाजिक कार्यमा खर्च गरेका छन् ।

२९ मंसिरमा काठमाण्डौंमा निकै साधारण र एकदमै सरल तरिकाले टिकाटालो शैलिबाट सप्तरी मुलघर भई काठमाण्डौं बस्दै आएकी रेश्मी लामिछानेसँग विवाह बन्धनमा बाधिएका दंगालले शनिबार निजगढ–४ पुरानो टोलमा बावा रामेश्वर मन्दिर परिषरमा मानव कल्याण समाजको भवन निर्माण स्थलमा आयोजित एक कार्यक्रममा गर्दै सहयोग रकम हस्तान्तरण गरेका छन् ।

कुनै तडकभडको भोज नगरी भोज गर्ने खर्च निजगढमा निर्माणको अवस्थामा रहेको मानव सेवा आश्रमलाई चेक मार्फत एक लाख २५ हजार र दक्षिणमा जम्मा भएको ७ हजारसहित एक लाख ३२ हजार सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बरबधुलाई दक्षिणा दिनु नपर्ने भनिएपनि केहि आफ्ना केहि आफन्तले दक्षिणा मार्फत दिएको करिब सात हजार नगद पनि आश्रमलाई नै सहयोग गरिएको थियो ।

nijgadh-supermart-adz1200-630