नायिका थापाको उजुरीपछि साइबर ब्यूरोले लेख्यो प्रेस काउन्सिल नेपाललाई पत्र
वि.सं.२०७८ फागुन २० शुक्रवार १९:०२
1.82K
shares

काठमाडाैं । नायिका रेखा थापाले विभिन्न युट्युव च्यानलले आफ्नोबिरुद्ध भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी गरेकी छिन् ।
थापाको उजुरीपछि ब्यूरोले प्रेस काउन्सिललाई पत्र लेखेको छ ।
काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्तासम्बन्धी विवरण माग गरिएको छ ।
भ्रामक समाचार प्रशारण गरेर युट्युबले आफ्नो चरित्र हत्या गरेको थापाको आरोप छ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर युट्युव च्यानलले सामाग्री प्रशारण गरिरहेका छन् ।
वि.सं.२०७८ फागुन २० शुक्रवार १९:०२
















