skip this farak Kura Pravakar

रेखा यादवको कविता : सूचक रेखा

4.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

प्रायः रेखा !
प्रतीक्षा गरिरहेकी हुन्छिन !
म भने सोचमग्न हुन्छु ।

 

  • अजिव छ रेखाको प्रतीक्षा !
    शान्त तलाउको पानी जस्तो ।
    शितल चौतारीको वर पिपल जस्तो ।
    गंजघम्म उभिएको पहाडको जस्तो !

 

नाडीमा घडी बाधेकि छन
भित्तामा झुन्डिएको क्यालेन्डर हेर्दै छन
अधिकांश समय
तिथि मिति घोत्लिदै हराउने गर्छिन् ।

  • प्रायः रेखा !
    आफुले आफैलाई नियाल्ने गर्छिन्
    घरी पात्रोमा त घरी नाडीको घडीमा !

 

कहिलेकाहीँ गफ गर्दै
घन्टौं बिताउने गर्छिन टेलिफोनमा ।
तर
आजकल दृश्य बदलिएको छ ।

 

  • रेखा मौन छे !
    चुपचाप छे !
    टोलाएकी छे !
    कहि हराएकी छे !

तर किन ??
हरेक बिहानी
नयाँ कहानी जन्माउने रेखा
किन आजकल मौन र चुपचाप छे !

 

  • बाटो लामो छ
    कर्कस प्रतीक्षा छ
    जिन्दगीको आयु छोटो छ ।

 

अकस्मात उ !
प्रतीक्षा र प्रार्थना गर्दै मुस्कुराउछे
अनि केही लेखे जस्तो गर्छे
पर्खाइलाई विश्राम दिन
भित्तेपात्रोमा केहि अंकित गर्दै छे !

 

  • भेट्ने गते र बारलाई घेरा लगाउदै छे
    घडि र पात्रोको तिथि, मिती
    आफ्नो काबुमा ल्याउने प्रयत्न गर्दै छे !

 

प्रतीक्षामा बसेकी रेखा !
अर्थात !
समयकी सूचक उहीँ तिम्री रेखा !!

 

-बिराटनगर, हाल : काठमाडौ

nijgadh-supermart-adz1200-630