skip this

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै निजगढमा रिले अनसन

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सर्वोच्च अदालतले दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा बाराको निजगढ नगरपालिकास्थित सहिद चोकमा मंगलबारबाट सुरु भएको रिले अनसन दोस्रो दिन बुधबार पनि जारी छ ।

निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरूले विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै निजगढमा रिले अनसन सुरु गरेका हुन् ।

फैसलाको विरोधमा १४ दिनदेखि सडकमा चक्काजाम र धर्ना दिँदै आएको सरोकार समिति र युवा विद्यार्थीहरूले मंगलबारको पूर्वनिर्धारित कार्यक्रमअनुसार राजमार्गमा धर्ना र चक्काजाम गरेपछि साँझ ५ बजेबाट रिले अनसन सुरु गरेका हुन् ।

धर्नामा सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठ, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लीलादेवी लामिछाने, पद्मबहादुर भण्डारी, भोलाप्रसाद गौतम, कृष्ण खरेल, बासुदेव तिमल्सिना, खडकप्रसाद उप्रेती, मोजहर मन्सुर, गोपाल लम्साल, चण्डिका उप्रेती, भीमप्रसाद सापकोटा, लक्ष्मी गौतम, जोसीमाया तामाङ, आशा चौलागाईलगायत १५ जना छन् ।

धर्नाकारीहरूले अन्न नखाइ २४ घन्टासम्म पालैपाले अनसन बस्ने समितिका निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए । उनले विमानस्थल निर्माण गराउन सडक र संसदीय आन्दोलनलाई पनि सँगै अघि बढाउने बताए । उनका अनुसार केही दिनभित्र प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेर आफ्ना माग पेस गर्न काठमाडौंमा डेलिगेसन जाने तयारी गरेको पनि जानकारी दिए ।

 

nijgadh-supermart-adz1200-630