skip this

काभ्रेमा एमालेको उम्मेदवार गोकुल र रेशम

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- नेकपा एमालेले काभ्रेबाट प्रतिनिधिसभा सदस्यमा गोकुल बास्कोटा र रेशम लामालाई उम्मेदवार बनाउने भएको छ ।

एमाले स्रोतका अनुसार क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लामालाई टिकट दिइएको छ । राप्रपाबाट संविधानसभा सदस्य भएका उनी हाल एमालेमा छन् ।

प्रदेशतर्फ ‘क’मा दिलिप तामाङ र ‘ख’मा चन्द्र लामा उम्मेदवार हुने छन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निवर्तमान सांसद बास्कोटालाई नै टिकट दिइएको छ । प्रदेशसभातर्फ ‘क’मा कुमार खकुरेल र ‘ख’मा कुमार थापालाई टिकट दिइएको छ ।

 

nijgadh-supermart-adz1200-630