विश्व रक्तदाता दिवसमा रक्तदातालाई सम्मान
वि.सं.२०७९ जेठ ३१ मंगलवार १२:४२
1.53K
shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसंचार सेवा केन्द्र बुटवलले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदाता सम्मान कार्यक्रम गरेर मनाएको छ। १४ जुनलाई विश्वभर नै रक्तदाता दिवसका रुपमा मनाईदै आएको छ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान अभियान चलाएर बुटवलको परिचय बनेको बताए। रक्तदानबारे जनचेतनाको अझै पनि कमी देखिएको भन्दै यसतर्फ ध्यान दिनुपर्ने उनले बताए।
कार्यक्रममा ५० पटकभन्दा बढी रक्तदान गर्ने सात जना दातालाई स्वर्ण र प्रशंसापत्रबाट सम्मान गरिएको थियो। यसैगरी २५ पटकभन्दा बढी रक्तदान गर्ने २९ जना दाताहरुलाई रजत र प्रशंसापत्र तथा ४० जनालाई प्रशंसा पत्रबाट पुरस्कृत गरिएको थियो।
।
वि.सं.२०७९ जेठ ३१ मंगलवार १२:४२

















