skip this farak Kura Pravakar

भुटानी शरणार्थीका नेता रिजाललाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

384 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

काठमाडौंबाट पक्राउ परेका रिजाललाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

उनलाई शरणार्थी प्रकरणमा भएको ठगीमा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बिहीबार नै पक्राउ परेका गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

उनलाई पनि दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए ।

शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टोप बहादुर रायमाझीलगायतलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630