skip this

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ–चितवन क्षेत्र नम्बर–३ बाट राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका छन् ।

प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीलाई ९ हजार ६९१ मत अन्तरले पराजित गर्दै विजयी भएको हुन् ।

निर्वाचनको अन्तिम मतपरिणामअनुसार विजयी भएका पाण्डेले ३४ हजार ६६२ मत प्राप्त गरे भने अधिकारीले २४ हजार ६७१ मत प्राप्त गरे ।

यो क्षेत्रमा २०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए । यो चुनावमा भने प्रचण्डले यो क्षेत्र छाडेर गोरखा २ बाट चुनाव लडेका थिए ।

nijgadh-supermart-adz1200-630