सरकारलाई समर्थन गर्ने पार्टीको निर्णयमाथि रास्वपाका गणेश कार्कीको असहमति
वि.सं.२०७९ पुस ११ सोमवार ११:०६
807
shares

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने पार्टीको निर्णयमा असहमति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले जनाएका छन् ।रास्वपाको समेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले रास्वपा पनि सत्ता स्वार्थमा लागेको बताएका छन् ।
कार्कीले चुनावमा आफूहरूले ‘हामी अलग छौँ, अलग रहनेछौँ र अलग गर्नेछौँ’ भनेर मत मागेको तर अहिले त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने तयारीमा छ । प्रतिनिधिसभामा रास्वपाका प्रत्यक्ष ७ र समानुपातिक १३ गरी २० सांसद छन् ।
वि.सं.२०७९ पुस ११ सोमवार ११:०६

















