skip this

नयाँ सत्ता समीकरणको संयुक्त बैठक आज बस्दै, यस्ता छन् मुख्य एजेण्डा

759 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज एमालेसहित नयाँ सत्ता समीकरणको संयुक्त बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बोलाइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीमण्डलबारे छलफल गर्न बैठक बस्न लागेको हो।

प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्री प्रचण्डको आज अपरान्ह ४ बजे शपथग्रहण तय गरिएको छ। आज अपराह्न चार बजे केही मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । प्रचण्डको शपथ ग्रहणसँग सानो आकारको मन्त्रीमण्डल गठनका लागि बैठकले मन्त्रालय र मन्त्री हुनेको नाम टुङ्गो लगाउने बताइएको छ। २ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ।

nijgadh-supermart-adz1200-630