skip this farak Kura Pravakar

ब्लग : ‘बा’ सगैं भएको महशुस गर्छु अझै पनि

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

आज पनि बा सम्झदा दृष्य धमिलो देख्छु, आँखा त्यसै भरिएर आउँछ अनि मन भारी भैदिन्छ ।

सबथोक ठिकै चलिरहेको थियो अचानक एक दिन बा लाई उच्च रक्तचापले समात्यो अनि बा को देब्रे हातले भर दिन छोड्यो टाउको असाध्यै दुख्न थाल्यो । अत्तालिएका दाईले अस्पतालसम्म पु¥याउँदा बा निकै गलिसक्नु भएको थियो ।

भरतपुर अस्पताल पुगेपछि हाम्रो अत्यासमा केहि राहत मिलेको थियो । केहि ‘टेस्ट’ सकिए पछि रिपोर्टको पर्खाइमा झन्डै ३ घण्टा अल्झियो । डाक्टरले ‘ब्रेन ह्यामरेज’ भएको र दाईने भागमा ७५ प्रतिशत रगत जमेकोले अपरेसन सम्भव नरहेको बताए ।

७ घण्टाको अन्तरालमा यो सब हुदाँ हाम्रो लागी आकाश खसे झैं धर्ती फाटे झैं हुन पुग्यो । झिनो आशा बोकेर बालाई चितवनबाट काठमाडौं पु¥याउँदा १३ घण्टा वितिसकेको थियो ।

१४ घण्टा वित्दै गर्दा बा निक्कै गलिसक्नु भएको थियो, गलेका शरिरमा दुखाई भने कम भएको थिएन । बा बोल्न समेत नसक्ने हुनु भयो, बस सुनिरहनु हुन्थ्यो । एक प्रतिशत भन्दा कम सम्भावना रहेको डाक्टर घरिघरि सुनाईरहन्थ्ये ।

हाम्रो सयौं अनुरोध पछि अपरेसन हुने भयो, यतिबेला सम्म १८ घण्टा वितिसकेको थियो । रगतको व्यवस्था ग¥यौं । तर बा को प्रेसर नघटेकोले पर्खिनुको विकल्प थिएन । आफन्तको जमघट बढ्दै गयो, समय बढि रह्यो तर बा को प्रेसर भने घट्ने छाटकाट नै आएन ।
कुर्दा कुर्दै २४ घण्टा वित्यो २५ घण्टा बित्यो तर बा को प्रेसर कम भएन । प्रेसर कम नभएकैले अपरेशन हुन सकेन । आँखा रसाईरह्यो, आशाहरु घट्दै गयो, दिमागले काम गर्न छाड्यो । मनमा विरामी आमाका कुराहरु खेल्न थाले ।

बा को छेउमा पुग्दा मैले केहि गर्नै नसकेको आभास हुन थाल्यो, म विवस थिएँ लाचार भैरहेको थिएँ । मसँग आमालाई दिने जवाफ थिएन, बजिरहेको फोन उठाउने हिम्मत पनि घट्दै गयो ।

बा को हातमा लगाईएको केनल नाकमा जोडिएको अक्सिजनकोे पाईपले बा लाई झनै गाह्रो भईरहेको आभास हुन्थ्यो मलाई । बा को नजिक पुग्दा म आँखा धमिलो देख्थेँ, खुट्टाहरु काम्न थाल्थे ।

छेउमा आफन्तको चाप बढ्दै जान थाल्यो । यसरी नै ४८ घण्टा वित्यो जुन ४८ वर्ष भन्दा कम थिएन मेरो लागी । अक्सिजनको भरमा बाले ७९ घण्टा विताउनु भयो । त्यसपछि बस अक्सिजन मात्र चलिरह्योे तर बा को धड्कन भने रोकियो ।

घरको मुल खाबो ढल्यो, आकाश खस्यो हामी माथी, हामी टुहुरा भयौं । बा भौतिक रुपमा टाढिनु भयो । आमाको सिन्दुर मेटियो, रङ्गहिन भयो, हामीले कपाल फाल्यौं बस अब म भन्दा माथी मेरो छानो छैन मात्र खुल्ला आकाश छ भनेर ।

यो पिडामा १३ दिन वित्यो १ महिना वित्यो २ महिना वित्यो तर सम्झदा भने आज भर्खरको जस्तो लाग्छ । आमालाई पीडाले मर्माहत बनाएपछि निक्कै गल्नु भएको छ । केहि समय पश्चात घाउ निक्कै कम हुने आशामा छौं । कतिपय आखाँले देखेको कुरा समेत विश्वास नलाग्दो रहेछ । बा लाई त के भन्नु र खै एक शब्द पनि बोल्न नपाएकोमा सम्झदा अत्यास लागेर आउछ बा, तर पनि हामी जस्तो छौं ठिकै छौं बा ।

बा हुनु र नहुनुमा भने आकाश–पातल कै फरक छ बा । भौतिक रुपमा नभए पनि सगै भएको महशुस भईरहन्छ, केहि खुसी वा दुःखको कुरा सुनाउन पाए पनि हुन्थ्यो भन्ने मनमा लागिरहन्छ बा । आज ११० दिन वितिसकेछ, बा तपाई फुलैफुलले सजिएको स्वर्गमा हुनु हुन्छ भन्नेमा विश्वस्त छु । फेरि पनि धेरै धेरै सम्झना छ बा !

-मकवानपुर निवासी लामा सञ्चारकर्मी हुन् ।

nijgadh-supermart-adz1200-630