प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ प्रसाईं निजगढमा ! अभिकर्तासँग गरे छलफल
वि.सं.२०८१ असार ८ शनिवार ०८:१६

बारा-प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ सन्ताेष प्रसाईं शुक्रबार निजगढमा आएका छन् ।
कम्पनीको शहीदचाेकस्थित कार्यालयमा सिईओ प्रसाईंले अभिकर्तासँगअसार महिनाको स्पेसल स्किमको विषयमा विशेष छलफल गरेका थिए ।
उनले बीमा गराउन मात्र नभइ दाबी भुक्तानीलाई पहिलो प्राथमिकता दिएर काम गर्न आग्रह गरे । व्यावसायिक वृद्धिको लागि अभिकर्ताहरुलाईफसमय-समयमा अवश्यक तालिम दिने जानकारी दिदै उनले एजेन्सी, एजेन्सी म्यानेजर र निजगढ कार्यलयलाइ ब्यबसाय वृद्धिको लागि चाहिने आवश्यक सम्पुर्ण कुराहरु सकेको चाडो ब्यबस्थापन गर्ने प्रतिवद्वता जनाए ।
कार्यक्रममा एजेन्सी हेड प्रभात सिबकोटी, लेखा तथा बित्त हेट लेखनाथ गौतमकाे समेत उपस्थित रहेको थियोे भने नया तथा पुराना ३० जना अभिकर्ताको सहभागिता थियोे ।
कार्यक्रममा कम्पनीकी निजगढ शाखा प्रमुख अमृता कुमारी बस्नेतले सिईओ प्रसाईंलाई मायाको चिनो हस्तान्तरण गरेकी थिईन् ।
वि.सं.२०८१ असार ८ शनिवार ०८:१६

















