skip this farak Kura Pravakar

राष्ट्रिय युवा सघं नेपाल कोल्हबीको अध्यक्षमा सरोज चौधरी चयन

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा सघं नेपाल कोल्हबी नगर कमिटीको अध्यक्षमा सरोज चौधरी चयन भएका छन् ।

कमिटीको अधिवेशनले सरोज चौधरीको अध्यक्षतामा ४७ सदस्य कोल्हबि नगर कमिटी राष्ट्रिय युवा संघ नेपाल गठन भएको छ ।

त्यस्तै हरि नारायण चौधरीको अध्यक्षतामा ४१ सदस्य युथ फोर्स कमिटी गठन भएको छ । आसन्न निर्वाचनमा पार्टीलाई जिताउन ब्यापक युवा परिचालन गर्न कमिटी गठन गरिएको हो ।

यसअघि अधिवेशनको पार्टीका पोलिट ब्युरो सदस्य एवम् मधेश प्रदेश सह ईन्चार्ज अच्युत मैनालीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा मधेस प्रदेशका सांसद त्रिलोकी चौधरी, निजगढ नगरपालिकाका प्रथम मेयर भरतबहादुर भण्डारी, ढण्डिराज उप्रेती, युवासंघका नेताहरु इराज कोईराला, तिलक घलान, सर्मिला केसी दिपीका लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630