विशेष दिनमा वीमा !

वि.सं.२०८१ असोज ९ बुधवार २१:४९

बारा– हरेक व्यक्तिको जीवनको विशेष दिनको रुपमा रहेको हुन्छ–जन्म दिन ।
पछिल्लो समय जन्म, विवाह जस्ता विशेष दिनमा वीमा गर्ने प्रचलन सुरु भएको छ ।
वीमाको महत्व बढ्दै गएको बेलामा वीमाप्रतिको आकर्षण पनि बढेको छ । नेपाली बजारमा विभिन्न वीमा कम्पनीहरु सक्रिय छन् ।
कुन कम्पनीबाट वीमा गर्दा बीमितलाई राम्रो हुन्छ भन्ने जानकारी लिएपछि वीमा गर्ने गरिएको छ ।
रौतहटको गरुडा उद्योग वाणिज्य संघका अध्यक्ष सतिश साहले आफ्नो जन्म दिनको विशेष अवसर पारेर प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सबाट वीमा गराएका छन् ।
वीमाको महत्व बुझेर कम्पनीको अवस्था र बिमितले पाउने लाभको समेत मूल्याङकन गरे प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सबाट वीमा गराएको अध्यक्ष साह बताउँछन् ।
बिमीत साहलाई कम्पनीका निजगढ शाखा प्रमुख अमृत बस्नेतले वीमा लेख हस्तान्तरण गरेकी छिन् । सो अवसरमा अभिकर्ता अनिता कुमारी साहको समेत उपस्थिति रहेको थियो ।

वि.सं.२०८१ असोज ९ बुधवार २१:४९