skip this yams_Max_Hospital.jpeg

सामाजिक सञ्जालको प्रयोग कि दुरुपयोग ?

999 shares
oil-nigam-amlekhgunj-adv.jpeg

आधुनिक जनजिवनको अनिवार्य क्रियाकलापमा सामाजिक सञ्जालको प्रयोग पनि पर्दछ । अपवादमा छोडेर संसारभरका मानिसहरुको दैनिकी बनेको छ सामाजिक सञ्जाल । घण्टौ बितेको पत्तो नहुने, आवश्यकीय सामाग्री खोज्न, हर्ने पाइने, अनावश्वयक सामाग्रीले जनजिवनमा नकारात्मक प्रभाव सम्म पार्ने सम्भावना व्याप्त छ ।

प्रविधिको विकाससँगै चुलिएको यसको सफलताले प्रत्येकको हातहातको मोबाइल अनि थरिथरिका सामाजिक सञ्जालको प्रयोगले मानिसलाई भौतिक भन्दा पनि भर्चुअल दुनियाँमा रम्न अनि जिउन प्रेरित गरिरहेको छ । आज घण्टौ अनलाइनमा बात मारेर समय व्यतित गर्न सहज बनाएको छ भने कहिँकतै समयको उपलब्धिमुलक प्रयोग नहुँदा यो खेर पनि गइरहेको छ ।

नेपाली समाजलाई नियाल्न आजको डिजिटल युगले पनि सहज गराएको छ । राजनैतिक अस्थिरताको कारण अँध्यारो भविष्यको डरले विदेशिएका नेपाली नागरिकहरुलाई परिवारसँग नजिक हुन पनि सहज गराएको छ । हरेक घरका युवा साथै घरको आर्थिक भार उठाउने परिवारका सदस्यहरु कहिँकतै यहि सामाजिक सञ्जालको कारण विस्तारै घर छोड्न सहज महसुस पनि गरिरहेका छन् । कोसौं टाढा भएपनि नजिकको आभाष यसले दिलाइरहेको छ ।

बाध्यता रहर जे भएपनि आजको पुस्ता विदेशिन तम्सिएको छ भने फलानोको छारो त विदेश गएर आमा बाबुलाई घुमाउन लगिसक्यो, हाम्रो पालो कहिले आउला भन्ने कल्पना गरेर बस्ने आमाबाबुको लागि पनि विदेशी भुमिको मोहले तानेको देखिन्छ । यी विभिन्न किसिमको प्रभावहरु पनि सामाजिक सञ्जालमा देखिन तस्विर, भिडियो लगायतका सामाग्रीको प्रभावले नै हो ।

आज विदेशमा गएर घुमेको, रमाइलो गरेको फोटो, भिडियो, रिल अपलोड गर्नाले नेपाली समाजमा वर्चस्व बढ्ने अवधारणा पनि विस्तारै मौलाउँदै गएको देखिन्छ । तर यो सँगै देशको हरेक क्षेत्रमा देखिने अनियमितता, अव्यवस्थित व्यवस्था र क्षमताअनुसारको रोजगारी नपाउनु साथै स्वरोजगारीको वातावरणलाई प्रवद्र्धन गर्न नसक्दा पनि अन्तिम र सहज विकल्पमा रुपमा वैदेशिक रोजगारी नै छनौटमा परेको देखिन्छ ।

रेश्मी लामिछाने दंगाल

आजको समयसम्म पनि व्यावहारिक शिक्षालाई प्रमुख प्राथमिकतामा राख्न नसक्दा पनि यो किसिमको समस्याहरु देखापरेका पक्कै हुन् । सीपमुलक व्यावहारिक ज्ञानको अभावले पनि आजका युवा हतोत्साहित छन् । सीपलाई आयस्रोतको मुख्य स्रोत बनाउने नीति प्रभावकारी नभएका कारण पनि आजका युवा विक्षिप्त छन् । जसको असरले पनि आज युवा सामाजिक सञ्जालमा व्यस्त देखिन्छन् । यसले एक त समय बर्बाद बनाउँछ साथै संकुचित मानसिकतालाई प्रश्रय दिन्छ । उच्च शिक्षा हासिल गरेपछि रोजगारीको समस्या हुँदैन, आयस्रोतको लागि समस्या हुँदैन, पढेलेखेकाहरुलाई अवसर प्राप्त हुन्छ भन्ने अव्यावहारिक र अपरिपक्क जनभावनाका कारण आजका युवा हतोत्साहित देखिन्छन् ।

तर हामी नकारात्मक प्रभावलाई मात्रै नहेरौं । आजको डिजिटल संसारमा आयस्रोत बढाउने र अरुलाई पनि रोजगार दिनेसम्मको वातावरण विश्वभरमै बढ्दै गएको छ । यसको सकारात्मक प्रभाव नेपालमा पनि देखिन्छ । ई कमर्सको अवधारणाले पनि रोजगारीको वातावरण सिर्जना गरेको छ भने सेवाग्राहीलाई पनि घरघरमा बिना झण्झट सुविधा प्राप्त भएको छ । यसको साथै सामाग्रीहरु गुणस्तरीय छन छैनन भन्ने मापन गर्ने आधार नहुँदा पनि गलत सुचना र गुणस्तहिन सामाग्रीको चपेटा पर्ने सेवाग्राही पनि धेरैनै छन् ।

यसका साथै समाजमा राम्रो नराम्रो दुवै पक्षको प्रभावकारिता परेको हुन्छ । हुन सक्छ अझ नकारात्मक पक्षको हावी बढि भइरहेको छ । तर यसो भन्दैमा सबै नकारात्मक प्रभावको जिम्मा डिजिटल प्ल्याफर्मले लिनुपर्छ भन्ने छैन् । हामी कस्ता सामाग्रीप्रति रुची देखाउँछौ भन्ने आधारले नै हाम्रो स्क्रिनमा कस्ता किसिमका सामाग्री आउछ भन्ने निधो गर्छ ।

त्यसो त विकृति फैलाउने, उत्तेजित बनाउने सामाग्रीमा नै मानिसको चाँसो बढि देखिन्छ , जसको कारण पनि त्यस्तै सामाग्री उत्पादन हुन्छन् । घरायसी झगडा, सम्बन्ध विच्छेद, हत्या, हिंसाका सामाग्रीहरु रुचीकर बन्दै गएको पनि देखिन्छ । यस्तो अवस्थामा के बुझ्न सकिन्छ भने मानिसलाई पर्याप्त समय छ त्यसकारण ऊ अनावश्यक सामाग्री पनि हेरेर बस्छ ।

अर्को कुरा पनि छ कि मानिसले उत्पादनमुलक रुपमा समयलाई खर्च गर्न नै पाएको छैन वा गर्न सकिरहेको छैन । यसको लागि स्वयं व्यक्ति सजग रहेर सामाजिक सञ्जाललाई जानकारीमुलक सामाग्री ग्रहण गर्नका लागि या त आर्थिक स्रोत बढाउनका लागि प्रयोग गर्ने भन्नेमा सचेत हुने कुराले नै छिटो विकृति कम हुने सम्भावना देखिन्छ । या त राज्यले प्रभावकारी नीतिलाई अवलम्बन गर्न प्रेरित गरेको खण्डमा कम हुनेछ नत्र भने अबको समय नै प्रविधिमय हुने भएको हुनाले हाम्रो भविष्य पनि यसमै निर्धारित छ । यसकारण व्यक्तिगत रुपमा साथै नीतिगत हिसाबमा यी दुवै पक्षमा हामी सुध्रिन जरुरी देखिन्छ ।

–रेश्मी Gemstones Diamond Media की सञ्चालक हुन् ।

nijgadh-supermart-adz1200-630