skip this yams_Max_Hospital.jpeg

पुस्तक विक्रिका लागि निजगढ आईपुगे वैज्ञानिक महाबीर पुन

9.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– पुस्तक विक्रिका लागि वैज्ञानिक डा. महाबीर पुन निजगढ आईपुगेका छन् ।

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि आत्मकथा विक्रि गर्ने अभियानका क्रममा बुधबार साँझ डा. पुन निजगढ आईपुगेका हुन् ।

डा. पुनको स्वागतमा निजगढ नगर उद्योग वाणिज्य संघले स्वागत कार्यक्रम राखेको छ । संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डा. पुन, अभियन्ता रविराज दंगाल, व्यवसायि ज्ञानेन्द्र चौलागाई, पत्रकार जीतलाल श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रममा स्वागत उषा लामा मोक्तान र सञ्चालन इन्दिप कोईरालाले गरेका थिए ।

स्वागत कार्यक्रमपछि डा. पुन शहीद चोकमा साथी सहकार्य क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागि भएका थिए ।

शहीदचोक र संघको कार्यालयमा गरि पहिलो दिन ७५ वटा पुस्तक विक्रि भएको अभियन्ता रविराज दंगालले जानकारी दिए । उनका अनुसार डा. पुन तीन दिन निजगढमा रहने भएका छन् ।
अभियान अन्तर्गत विहीबार विहान ७ बजे विद्यासागर स्कुलमा डा. पुन पुग्नेछन् । त्यसैपछि निजगढ नगरपालिका कार्यालयमा आयोजित संविधान दिवस विशेष कार्यक्रमा समेत पुग्नेछन् ।

शुक्रबार विहान बैंकर्स क्लब, गौरीशंकर क्याम्पस, विभिन्न विद्यालय, सहकारी संस्था, विभिन्न चोकमा पुस्तक विक्रिका लागि आयोजित कार्यक्रमा डा. पुन सहभागि हुने कार्यतालिका रहेका छ ।

nijgadh-supermart-adz1200-630